मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ९ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ९ आइतबार १७:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचन आयोगको निर्देशन पूर्वाग्रही : राजेन्द्र लिङ्देन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ९ आइतबार १७:३९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले भन्दैमा आफूहरूले पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय चाबहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले यस्तो बताएका हुन्।

उनले आफ्नो पार्टीको विधान संविधानको परिधिभित्र नै रहेको उल्लेख गर्दै आयोगको निर्देशन पूर्वाग्रही देखिएको बताए। उनले कुनै पनि दललाई आस्थाको आधारमा प्रतिबन्ध लगाउने र यस्ता प्रश्न उठाउने अधिकार निर्वाचन आयोगलाई नभएको तर्क गरेका छन्। 

‘निर्वाचन आयोगले राप्रपाको विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित सनातन हिन्दूराष्ट्र एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न भन्ने वाक्यांश संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन भनी पठाएको पत्र नेपालको संविधानको मर्म र भावनाविपरीत भएको राप्रपाको ठहर छ, लिङ्देनले भने, निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा आयोगको पत्रका सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्नेसमेत निर्णय भएको छ।’