१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Wednesday, 03 July, 2024
तिवारी यादव वीरगन्ज
२o७८ माघ ७ शुक्रबार १२:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

आठ वर्षीय रिधमको ‘बोन म्यारो ट्रान्सप्लान्ट’का लागि सहयोगको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार १२:२३:oo

पर्साका एक दम्पतीले आफ्ना आठ वर्षीय छोरा रिधम चौधरीलाई क्यान्सरबाट बचाउनका लागि सहयोगको आग्रह गरेका छन् । आठ वर्षीय छोरा रिधमलाई क्यान्सर भएकाले ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्ने रकम अपुग भएकाले आवश्यक रकम सहयोग गर्न आग्रह गरेका हुन् । 

बिहीबार वीरगन्ज घन्टाघर चोकमा उपस्थित भएर आर्थिक अवस्था नाजुक रहेको उनीहरूले ८ वर्षीय छोरालाई बचाउन रकम सहयोग गर्न सार्वजनिक रूपमा आग्रह गरेका थिए । विगत दुई वर्षदेखि उपचाररत रिधमको ‘बोनम्यारो ट्रान्सप्लान्ट’ गर्न करिब २५ लाख लाग्ने चिकित्सकहरूले बताएकोे रिधमका बुबा विनोद चौधरीले बताए । छोरा रिधमलाई बचाउन आफूहरूले सहयोगका लागि सबैलाई आग्रह गर्दै आएको उनले बताए । 

वीरगन्जबाट चेकजाँचका लागि काठमाडौं हुँदै उनीहरू भारत पुगेका थिए ।  उपचारका क्रममा रकम अपुग भएपछि आफूहरू पुनः वीरगन्ज फर्किएको रिधमकी आमा रिन्जु चौधरीले बताइन् । चिकित्सकहरूले छोराको बोनम्यारो ट्रान्सप्लान्ट गर्न बढी रकम लाग्ने भएकाले सहयोग गर्न सार्वजनिक रूपमा अपिल गरिएको उनले बताइन् । 

उनीहरूले विनोद चौधरीको नाममा रहेकाे एनआइसी एसिया बैंकको खाता नम्बर २२८७५७०३७६५२४००१, इसेवा ९८२७२२३२९२ वा मोबाइल नम्बर ९८०७२१२८७५ मा सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन् । 
 

ad
ad
ad
ad