मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ६ बिहीबार ०८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गृहमन्त्री खाणलाई शिक्षामन्त्रीको सुझाव : बढी शुल्क लिने मेडिकल  कलेजमाथि ‘एक्सन’ लिनूस् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ६ बिहीबार ०८:२६:००

शिक्षामन्त्री देवेन्द्र पौडेल र गृहमन्त्री बालकृष्ण खाँणबीच आन्दोलनमा रहेका एमबिबिएस विद्यार्थीको समस्या समाधानका लागि थप कदम चाल्ने विषयमा छलफल भएको छ । बुधबार दुई मन्त्रीबीच चिकित्सा शिक्षा आयोगले तोकेको शुल्कभन्दा बढी शुल्क लिने शिक्षण संस्थाहरूमाथि कारबाही अघि बढाउने विषयमा छलफल भएको हो । 

३० पुसमा सरोकार पक्षबीच छलफल र निर्णय भए पनि विवादित कलेजले निर्णय कार्यान्वयन गरेका छैनन् । चिकित्सा शिक्षा आयोग, त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, काठमाडौं मेडिकल कलेज, नोबेल मेडिकल कलेज, अभिभावक तथा विद्यार्थीबीच भएको निर्णय कार्यान्वयन नभएपछि कानुनी कारबाही अघि बढाउने विषयमा छलफल भएको छ । शिक्षा मन्त्रालय विद्यार्थीको पक्षमा रहेको भन्दै आन्दोलित विद्यार्थीको समस्या समाधान गर्न गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिदिन मन्त्री पौडेलले आग्रह गरेका थिए । 

पटकपटक विद्यार्थीको गुनासो सुन्न मेडिकल कलेजमा पुगेको केही दिनअघि गरेको निर्णय कार्यान्वयन भएन थप एक्सन लिनुपरेको मन्त्री पौडेलले बताए । छलफलमा गृहमन्त्री खाँणले विद्यार्थीको पक्षमा रहेको भन्दै तत्काल काठमाडौं, भक्तपुर र मोरङ जिल्लाका सिडिओमार्फत त्यहाँको याथर्थ स्थिति बुझेर अघि बढ्ने बताए । नोबेल, काठमाडौं मेडिकल कलेजमा अतिरिक्त शुल्क र होस्टेल शुल्कका विषयमा विवाद छ ।