मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ पूर्वी नवलपरासी
२०७८ माघ ४ मंगलबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१४ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ पूर्वी नवलपरासी
२०७८ माघ ४ मंगलबार १७:४९:००

 पूर्वी नवलपरासीमा बालिकालाई जबर्जस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार १४ वर्षीया बालिकालाई होटेलमा लगेर ललाइफकाई करणी गरेको आरोपमा प्रहरीले कावासोती– २ निवासी २४ वर्षीय विमल कँडेललाई पक्राउ गरेको हो ।

पीडित बालिकालाई जबर्जस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए । स्रोतका अनुसार बालिकाको महिनावारी रोकिएपछि औषधी सेवन गरी गर्भपतन गराउँदा बालिकाको अत्यधिक रक्तश्राव भएपछि घटना बाहिरिएको थियो ।

कँडेलले बालिकालाई कावासोतीको एउटा होटेलमा लगेर पुस १७ गते जबर्जस्ती करणी गरेका थिए । प्रहरी नायब उपरीक्षक गिरीले केटाकेटी दुवैले घटना स्वीकार गरेको बताए।