मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Friday, 28 August, 2026
२o७८ माघ ४ मंगलबार १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौलापुर नगरपालिकाले बनाइदियो दलित समुदायका लागि २५ पक्की घर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १२:३o:oo

मौलापुर नगरपालिकाले जिल्लामै पहिलोपटक दलित समुदायलाई पक्की घर बनाएर हस्तान्तरण गरेको छ। नगरपालिकाले आफ्नै खर्चमा २५ पक्की घर निर्माण गरी गत शनिबार हस्तान्तरण गरेको हो।

जग्गा किनेर दलित समुदायका लागि पक्की र सुरक्षित घर निर्माण गरी हस्तान्तरण गरिएको सम्भवतः पहिलो भएको नगरपालिकाकी प्रमुख रिना साहले बताइन्। तीन करोड ३६ लाखको लागतमा २५ वटा पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो। रंगरोगन गरिएका मर्यादपुर बस्तीका प्रत्येक घरमा शौचालय, खानेपानीको धारा र पानीट्यांकीसमेत रहेको छ। यसैगरी बिजुलीको वायरिङ गरी घरलाई उज्यालोसमेत बनाइएको छ । फराकिलो सिँढीको निर्माण गरिएको बस्तीमा फराकिलो र पक्की सडक छ।

आफूहरूले कल्पना गरेकोभन्दा धेरै राम्रो र सुविधासम्पन्न घरको निर्माण गरिएको स्थानीय इन्दल रामले बताए। जीवनमा आजको दिनभन्दा खुसीको क्षण कहिल्यै नआएको बताउँदै उनले अहिलेसम्म आफूहरूले यति राम्रो दलित बस्ती कतै नदेखेको उल्लेख गरे। स्थानीय बिल्टीदेवी राम घरमा धनी महाजनको जस्तो सुविधा भएको बताउँछिन्।

नगरप्रमुख साहले दलितहरूलाई व्यवस्थित आवास सुविधा दिन नगरपालिकाले पहिलेदेखि नै प्रयास गरेको बताइन्। गत वर्ष मौलापुरमा दलित बस्ती निर्माण गरी हस्तान्तरण गरिएको उल्लेख गर्दै उनले अर्को ठाउँमा पनि डोम समुदायका लागि नगरपालिकाले सात घर बनाइदिएको बताइन्। जस्तापाताको घर हेर्नका लागि राम्रो भए पनि तराई–मधेसमा बस्नका लागि उपयुक्त नभएकाले नगरपालिकाले दलितहरूका लागि पक्की घर निर्माण गरिदिने अभियान थालेको उनले बताइन्।