मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Tuesday, 17 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २ आइतबार १४:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालले पठाएको सहयोग सामग्री काबुलमा हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार १४:३७:oo

नेपालले अफगानिस्तान पठाएको मानवीय सहयोग सामग्री हस्तान्तरण गरिएको छ। आइतबार सहयोग सामग्री लिएर परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वमा एक प्रतिनिधिमण्डल काबुल पुगेको थियो। काबुल विमानस्थलमा लम्सालले सहयोग सामग्री संयुक्त राष्ट्र संघका विशेष प्रतिनिधि डा. रमिज अलकबरोवलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयले बताएको छ।

अफगानिस्तानमा ३१ साउनदेखि तालिबानले सत्ता नियन्त्रणमा लिएसँगै व्यापक मानवीय र आर्थिक संकट बढेको छ। मानवीय संकटलाई ध्यानमा राख्दै नेपालका तर्फबाट निजी क्षेत्रबाट सहयोग उठाएर नेपाल सरकारले औषधि, लत्ताकपडा, घरायसी सामान काबुल पठाइएको हो। 

Ms @sewa_lamsal Joint Secretary of @MofaNepal hands over the humanitarian assistance from Nepal to @RamizAlakbarov Deputy Special Representative of the UN Secretary-General and the Humanitarian & Development Coordinator for Afghanistan at the Kabul Int Airport today.@PaudyalBR pic.twitter.com/0yxgi6Wy0c

— MOFA of Nepal ???????? (@MofaNepal) January 16, 2022