निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ जेठ १३ शुक्रबार
  • Friday, 27 May, 2022
२०७८ माघ १ शनिबार १३:१६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा परी एकै गाउँका ६ जनाको मृत्यु भएपछि शोकमा डुब्यो बन्दीपुर

Read Time : > 1 मिनेट
२०७८ माघ १ शनिबार १३:१६:००

तनहुँको बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित बाक्सेमा शुक्रबार राति भएको जिप दुर्घटनाले गाउँ शोकमा डुबेको छ । 

साराङघाटबाट धरमपानी भित्री सडकखण्डमा बाक्सेतर्फबाट धरमपानी जाँदै गरेको ग१ज ६५५५ नम्बरको जीप दुर्घटनामा परी ६ जनाको मृत्यु भएपछि बन्दीपुर शोकमा डुबेको हो । माघेसङ्क्रान्ति पर्वको अघिल्लो दिन भएको दुर्घटनाले सबैलाई दुखित तुल्याएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताए। ‘चाडपर्वका वेला भएको दुर्घटनाले बाक्से, हटिया मात्र नभई सिंगाे पालिका शोकमा डुबेको छ’, उनले भने । 
    
अध्यक्ष थापाका अनुसार आँबुखैरेनीको घुमाउनेबाट बुद्धसिंह मार्ग हुँदै बन्दीपुरतर्फ गएको 
जिप हटिया गाउँ आइपुग्नुभन्दा केही नजिक उकालोबाट ब्याक भएर खसेको थियो । जिपको स्टार्ट बन्द भएर पुनः स्टार्ट गर्न खोज्दा पछाडि हटेपछि जिप दुर्घटना भएको उनले बताए । ‘चालक सिकारु रहेको बुझिन आएको छ, चालक फरार छ’, उनले भने ।  

दुर्घटनाको खबर पाएलगत्तै जनप्रतिनिधि, प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए । अध्यक्ष थापाका अनुसार बन्दीपुर र आसपासबाट आठ वटा एम्बुलेन्स उद्धारका लागि पठाइएको थियो । घाइतेको उपचारका लागि बन्दीपुरमा रहेका सबै चिकित्सकलाई परिचालन गरिएको थियो । ‘घाइतेको उपचारमा कुनै कसर बाँकी राखेका छैनौँ, घाइते भएका आठजनालाई थप उपचारका लागि राति नै भरतपुर अस्पताल पठाएका छौँ’, अध्यक्ष थापाले भने। 

बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले दुर्घटनाले वडावासी शोकमा डुबेको बताए। उनका अनुसार मृतकमध्ये एक दम्पती पनि छन् । एकैघरका आमाछोराको पनि दुर्घटनामा मृत्यु भएको छ । ‘चारजनाको शव घटनास्थलबाट निकालेका थियौँ, थप दुईको उपचारका क्रममा मृत्यु भयो’, उनले भने । 
    
प्रहरीका अनुसार दुर्घटनामा परी बन्दीपुर गाउँपालिका–६ का ५३ वर्षीय हरि न्यौपाने, ४८ वर्षीया सुशीलादेवी न्यौपाने, २४ वर्षीय रोशन गुरुङ, नौमहिने बालिका आरुबी थापा, ४८ वर्षीय सन्तबहादुर गुरुङ र ५० वर्षीया विममाया गुरुङको मृत्यु भएको छ । 

दुर्घटनामा २१ वर्षीया जमुना थापा, ४८ वर्षीया ममकुली गुरुङ, २२ वर्षीया कुमारी गुरुङ, १६ वर्षीया सनिसा थापा, सात महिनाकी बालिका विविशा थापा, १८ वर्षीय कुमार थापा, २० वर्षीय दानबहादुर थापा र २१ वर्षीय विपिन थापा घाइते भएका छन् । घाइतेलाई थप उपचारका लागि भरतपुर पठाइएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । रासस