टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
नवीन गुरुङ संखुवासभा
२०७८ पौष ३० शुक्रबार १३:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा करेन्ट लागेर ओभरसियरको मृत्यु

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
२०७८ पौष ३० शुक्रबार १३:१०:००

संखुवासभाको सभापोखरी गाउँपालिका– ३ मा करेन्ट लागेर ओभरसियरको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय अनिलकुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार शुक्रबार सभापोखरी गाउँपालिका– ३ मा निर्माणधीन स्वास्थ्य चौकी भवनको नजिकै रहेको ११ केभीको ट्रान्समिसनको लाइन छुँदा करेन्ट लागेपछि जिल्ला अस्पताल खाँदबारी ल्याउने क्रममा ठाकुरको बाटोमै मृत्यु भएकोे हो । 
    
उक्त स्वास्थ्य चौकीको भवनमा जयधनञ्जय–रिमा गौरी जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । दुई करोडको लागतमा भवन निर्माण भइरहेको छ । उक्त भवनमा निर्माण कम्पनीले प्राइभेट प्राविधिकको रूपमा ठाकुरलाई नियुक्त गरेका थिए । पुरानो घर सप्तरी भए पनि हाल ललितपुर नगरपालिका गोदावारी बस्दै आएको परिवारबाट खुलेको प्रहरीले जनाएको छ । उनको शव जिल्ला अस्पतालमा राखिएको छ । आफन्तहरू शुक्रबार आउने जानकारी पाएको र आएपछि मात्रै शव परिवारको जिम्मा लगाउने प्रहरीले जनाएको छ ।