१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २९ बिहीबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ पौष २९ बिहीबार १२:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ट्याटु खोपाउने पालो कुर्दाकुर्दै बेहोस भएका युवकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ पौष २९ बिहीबार १२:४९:oo

भक्तपुरमा ट्याटु खोपाउनका लागि पालो कुरेर बसेको अवस्थामा बेहोस भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ। लोकन्थली मनहरा आँखा अस्पतालनजिकै रहेको आरुष मल्लले सञ्चालन गरेको ‘इन्क ट्याटु’मा ट्याटु खोपाउन गएको वेला कोटेश्वर बस्ने ३३ वर्षीय विराज खड्का बेहोस भएका थिए। पालो कुर्दाकुदै बेहोस भएका उनको उपचारको क्रममा गएराति सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएको हो। 

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार खड्का पाखुरामा ट्याटु खोपाउन पालाे पर्खिरहेका थिए। सोही क्रममा उनी बेहोस भएर ढलेको भक्तपुर परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले  बताए । उनका अनुसार घटना गएराति साढे ९ बजेतिरको हो। अन्य ग्राहकहरूले ट्याटु खोपिरहेकोले खड्का पालो पर्खेर बसेका थिए। तर, कुर्दाकुर्दै उनी बेहोस भए । ट्याटु सञ्चालक आरुष मल्लले उनको आफन्तलाई खबर गरिदिए । आफन्तले तुरुन्तै उनलाई सिनामंगलस्थित केएमसी अस्पताल पुर्‍याए। उपचारको क्रममा उनको राति १२ बजेतिर मृत्यु भयाे। 

प्रहरीका अनुसार खड्का दमका बिरामी थिए। अस्पतालले मृत्युको कारण खुल्न नसकेको जनाएको छ। मृतक खड्काको शव पोस्टमार्टमका लागि केएमसी अस्पतालमा राखिएको छ।

ad
ad
ad
ad