मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २९ बिहीबार ०९:२९:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अहिलेको बजार बुलिस भएकाले करेक्सन हुनु सामान्य : राधा पोखरेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २९ बिहीबार ०९:२९:००

लगातार बढेको नेप्से सूचकमा करेक्सन, कारोबार रकम भने बढ्यो

साताको पहिलो कारोबारदेखि लगातार बढ्दै एक सय ४१ अंकमाथि उक्लिएको नेप्सेमा बुधबार भने करेक्सन भएको छ । नेप्से ३० दशमलव ५१ एक अंकले घटेर दुुई हजार आठ सय तीन दशमलव ६२ बिन्दुमा आइपुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मामक सेन्सेटिभ इन्डेक्स सात अंकले घटेको छ भने पाँच सय २१ बिन्दुमा पुगेको छ ।

अहिलेको बजार बियरिस होइन, बुलिस भएको र बजारमा करेक्सन हुनु सामान्य मान्नुपर्ने पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् ।

लगातार बढेपछि लगानीकर्ता नाफा बुक गर्ने र सेयर होल्डिङ गर्नेतर्फ लाग्दा बजारमा गिरावट आएको लगानीकर्ताहरू बताउँछन् । पुसको अन्तिम साता भए पनि अब बिक्री भएको सेयरले बैंकको ब्याज बुझाउन नभ्याउने हुनाले त्यसको कारण बजार नभएको लगानीकर्ताको विश्वास छ । 

अहिलेको बजार बियरिस होइन, बुलिस भएको र बजारमा करेक्सन हुनु सामान्य मान्नुपर्ने पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेल बताउँछिन् । बजार घटे पनि कारोबार रकम भने सकारात्मक रहेको छ । यसअघि असोज ४ गते आठ अर्बभन्दा बढीको कारोबार भएको थियो । त्यसको चार महिनापछि कारोबार रकम आठ अर्ब नाघेको हो । बुधबार धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २९ स्क्रिप्टको एक करोड ६१ लाख कित्ता/इकाइ सेयर खरिद–बिक्री हुँदा आठ अर्ब तीन करोड ३२ लाखबराबरको कारोबार भएको छ । नेपाल बंगलादेश बैंक, हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट, अपी पावर कम्पनी, अपर तामाकोसी हाइड्रोपावर कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य २८ करोड रुपैयाँदेखि १७ करोड रुपैयाँसम्मको सेयर कारोबार भएको छ ।

यस दिन एक सय ५८ वटा स्क्रिप्टको सेयर मूल्य घटेको छ भने २९ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ । कारोबारमा आएका १३ समूहको सूचकमध्ये सर्वाधिक गुमाउने समूहमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स समूहका लगानीकर्ता रहेका छन् । 

यद्यपि, घटेको सेयर मूल्यमा कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक, मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ । उल्लेख्य गुमाउने कम्पनीहरूमा हिमालयन ऊर्जा, युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट, छ्याङ्दी हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीलगायत रहेका छन् ।