मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २६ सोमबार १३:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २६ सोमबार १३:०५:००

आगामी माघ १२ गतेदेखि हुने राष्ट्रिय सभाको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता लागू गरेको छ। आयोगले पुस २६ गते (सोमबार) बाट लागू हुने गरी राष्ट्रिय सभाको निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। आजबाट लागू भएको आचारसंहिता संघीय सरकारदेखि प्रदेश सरकार, स्थानीय सरकार, गैरसरकारी क्षेत्रहरू र सबै राज्यका निकायहरूलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगका सहसचिव कोमलप्रसाद धमलाले जानकारी दिए। 

सहसचिव धमलाले सरकारी, अर्धसरकारी, गैरसरकारी र निजी क्षेत्रलाई समेत निर्वाचन आयोगले जारी गरेको आचारसंहिता लागू हुने बताए। उनका अनुसार निर्वाचन आयोगले आफ्नो कानुनी दायित्व निर्वाह गर्न पनि निर्वाचनको समयमा आचारसंहिता लागू गर्नुपर्ने हुन्छ।  सहसचिव धमलाले यससँग सम्बन्धित संघसंस्थाका कर्मचारीहरूलाई विदेश भ्रमण जान भने आयोगको पूर्वसहमति लिनुपर्ने बताए। सम्बन्धित उम्मेदवारदेखि राजनीतिक दल, अन्य संघसंस्थाहरूलाई आचारसंहिता अध्ययन गर्न र आचारसंहिताले हुँदैन भनेका काम नगर्न पनि उनले अपिल गरे। 

सहसचिव धमलाले कोरोनाले निर्वाचनका गतिविधिहरूलाई असर पारिरहे पनि कोरोनाबाट बच्न स्वास्थ्यका मापदण्डको पूर्ण पालना गराएर निर्वाचन गर्ने व्यवस्था मिलाएको बताए।