ईश्वरीप्रसाद पौडेलको अध्यक्षतामा १८ सदस्यीय गुल्मी उद्योग वाणिज्य संघको सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । संघको ३०औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा रामप्रसाद पन्थी, मृगेन्द्रप्रसाद श्रेष्ठ र ताराप्रसाद भुसाल निर्वाचित भएका छन् ।
संघको महासचिवमा ईश्वरी बेल्वासे, सचिवमा चेतनारायण पाण्डे, कोषाध्यक्षमा विष्णु अधिकारी र सहकोषाध्यक्षमा ईश्वरी कँडेल निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशमा अध्यक्ष कृष्ण शर्माले गरेका थिए । वाणिज्य संघले जिल्लाको कोभिड महामारी, विपत्, कृषि, पर्यटनलगायतका सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।