१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

प्राइम टेलिभिजनको स्टिङ अप्रेसनमा आनन्दराज बतास भन्छन्–म शेरबहादुर देउवाको मान्छे हुँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५८:oo

म शेरबहादुर देउवाको मान्छे हुँ । तर, मेरा तीनवटै काम केपी ओलीका पालामा भएका छन् नि ! कम्युनिस्टहरूले दिन्थे त मलाई ? टेन्डर निकाले, प्राविधिक रूपमा पास भएँ, मैले पाएँ त पाएँ । तपाईंलाई लाग्छ, कांग्रेसका वेला (सत्तामा रहेका वेला) कांग्रेसले मात्र पाउँछ, कम्युनिस्टका वेला कम्युनिस्टले मात्र पाउँछ ? यस्तो हुन्छ र दुनियाँमा ? 

ब्युरोक्रेसीमा को खेल्दैन ? ब्युरोक्रेसीमा त खेल्ने हो । के लुकाउनु छ तपाईंलाई ? ब्युरोक्रेसीमा ‘हजुर यसो गरौँ, त्यसो गरौँ’ नभनेर पाउँछ कसैले ? सबैलाई थाहा छ– अहिले शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्छ । आनन्द बतास शेरबहादुर देउवाको नजिकको मान्छे हो । शेरबहादुर देउवाको पैसा आनन्द बतासले चलाउँछ भन्छ मान्छेहरूले, एक रुपैयाँ प्रमाणित गरेर देखाओस् त ! मीनबहादुरलाई माओवादीको पैसा चलायो भन्छन्, सुमार्गीलाई पनि त्यसै भन्छन् । आरजु (प्रधानमन्त्रीपत्नी)को पैसा सबै मैले चलाउँछु भन्छ क्या ! यस्तो सुन्दा मलाई दुःख लाग्छ । 

मेरो ससुराली भद्रपुर हो । ओलीजी (केपी ओली)ले मलाई ज्वाइँ भन्नुहुन्छ । तर, चार वर्ष भयो उहाँसँग भेट नभएको । कुनचाहिँ टेन्डर, वर्ल्ड बैंकको होस् वा एडिबीको, कुनै विक्रम पाण्डेलाई, कुनै अर्कोलाई त पर्ने हो नि हजुर ! मलाई सोध्नुपर्छ यार तपाईंहरूले ? कसरी पर्छ, तपाईंहरूलाई नै थाहा छ नि ।

ad
ad