मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष १९ सोमबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १९ सोमबार १३:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा निर्वाचनका लागि सत्तागठबन्धनद्वारा सिट बाँडफाँड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १९ सोमबार १३:१८:oo

सत्तागठबन्धनको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि भागबन्डा गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेपाली कांग्रेसलाई ६, माओवादी केन्द्र र एकीकृत समाजवादीलाई पाँच-पाँच, जनता समाजवादीलाई दुई र राष्ट्रिय जनमोर्चालाई एक सिटमा सहकार्य गर्ने निर्णय गरेको हो। 

माघ १२ गते राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदै छ। मंगलबार निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ। राष्ट्रिय सभामा १९ सिट खाली हुँदै छ। १९ मध्ये आठवटामा नेकपा एमाले र बाँकीमा गठबन्धन दलका सदस्यहरूको कार्यकाल सकिँदै छ। यसअघि जहाँबाट जुन दलका सदस्यको प्रतिनिधित्व थियो त्यही दलबाट उम्मेदवार बनाउने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। यसअघि एमालेले जितेका ठाउँमा भागबन्डा गर्दा कांग्रेसले तीन, जसपाले दुई, माओवादी केन्द्र,एकीकृत समाजवादी र जनमोर्चाले एक-एक सिट पाउनेछन्।