मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १७ शनिबार
  • Tuesday, 17 December, 2024
२o७८ पौष १७ शनिबार १९:५७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माओवादी केन्द्रको बन्दसत्र भोलि दिउँसो १ बजेसम्म स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १७ शनिबार १९:५७:oo



नेकपा (माओवादी केन्द्र)को बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । शनिबारको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले बन्दसत्र आइतबार १ बजेसम्मका लागि स्थगित गर्न प्रस्ताव गरेका थिए । त्यसपछि अध्यक्षमण्डलले बन्दसत्र आइतबार दिउँसाे १ बजेसम्मका लागि स्थगित भएको हललाई जानकारी गराएको थियो । 

यसअघि, शनिबार दिउँसो १ बजे सुरु भएको बन्दसत्रमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी सहमतिबाटै चयनको लागि अधिकतम प्रयास गर्ने र सहमति हुन नसके लोकतान्त्रिक विधिबाट चयन गर्ने जानकारी गराउँदै केन्द्रीय कमिटी सहमतिबाट चयनका लागि महाधिवेशन आयोजक समितिमा छलफल गर्ने र सोको लागि अनुमति दिन बन्दसत्रसमक्ष प्रस्ताव गरेका थिए । बन्दसत्रले उक्त प्रस्ताव पारित गरेपछि सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि दिनभर छलफल चलेको थियो । 
त्यसपछि शनिबार साँझ पौने ७ बजे फेरि बन्दसत्र सुरु भएको थियो । यसअघि शनिबार नै बन्दसत्रले विधान परिमार्जनसहित सर्वसम्मत पारित भएको थियो । नयाँ विधानअनुसार अब माओवादी केन्द्रको केन्द्रीय कमिटी ५० प्रतिशत खुला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । 

केन्द्रीय कमिटी २९९ सदस्यीय हुनेछ । यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ । महाधिवेशनले केन्द्रीय कमिटी, केन्द्रीय कमिटीले पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी चयन गर्नेछ । पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारी समावेशी सिद्धान्तका आधारमा चयन हुने माओवादी केन्द्रले जनाएको छ ।