मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देउवाले विदेशमा विद्यार्थी सप्लाईको कारोबारीलाई साथ दिए : ओली(भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष १६ शुक्रबार १९:३६:००

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ चिकित्सक गोविन्द केसीसँग नौबुँदे सम्झौता गरेर विदेशमा विद्यार्थीहरूलाई सप्लाई गरेर कारोबार चलाउनेहरूलाई साथ दिएको टिप्पणी गरेका छन् । 

शुक्रबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालमा नर्सिङ कलेज खोल्न नपाउनेलगायतका सहमति गरेर प्रधानमन्त्री देउवाले पैसा नहुने नेपालीका छोराछोरीको मेडिकल कलेज पढ्ने सपना बर्बाद पारेको गम्भीर आरोपसमेत लगाए ।

उनले डा. केसीसँग प्रधानमन्त्री देउवाले गरेको सम्झौताले विदेशमा पैसा र छोराछोरी पठाउने कम्पनीलाई फाइदा पुर्‍याएर नसक्नेको जीवन बर्बाद पारिएको तर्क गरे। उनले स्कुल, कलेज बन्द गर्न सो सम्झौता भएको र त्यसबारे बुद्धिजीवीहरूले मौनता साँधेको भन्दै आक्रोश व्यक्त गरे । उनले सरकारकै कारण मुलुकको अर्थतन्त्र ध्वस्त भएको र बैंकहरूमा तरलताको अभाव देखिएको दाबीसमेत गरे ।

अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्डप्रति संकेत गर्दै इज्जत नभएकाहरू सधैँ सरकारमा रहने अवस्था रहेको भन्दै व्यंग्य पनि गरे । उनले आफ्नो पार्टीले भने सरकारमा बसेर आफ्ना नीति कार्यान्वयन गर्दै अघि बढ्ने वा प्रतिपक्षमा रहेर गलत नीतिको विरोध गरेर देश र जनताको सेवा गर्ने गरेको बताए ।