मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष १५ बिहीबार ०९:२८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शुक्रबहादुर इस्टर्न ओपन गल्फ च्याम्पियन 

Read Time : < 1 मिनेट
२०७८ पौष १५ बिहीबार ०९:२८:००

 सूर्य नेपाल गल्फ टुरअन्तर्गतको इस्टर्न ओपन गल्फ प्रतियोगितामा धरानका शुक्रबहादुर राई च्याम्पियन भएका छन् । पार ७० को धरान गल्फ कोर्समा समग्रमा एक अन्डर २०९ स्कोरसहित शुक्रबहादुर च्याम्पियन बन्दै ट्रफीसँगै नगद एक लाख ३५ हजार हात पारेका छन् ।

बुधबार भएको खेलमा उनी एक ओभर ७१ को कार्ड बनाउन सफल भए । फ्रन्ट नाइनमा उनले लेभल पार ३६ खेलेका थिए । ब्याक नाइनमा एक ओभर ३७ को कार्ड बनाए । शुक्र नेपालकै नम्बर १ गल्फर मानिन्छन् ।

कुल सात ओभर २१७ स्कोरका साथ धरानकै व्यावासयिक खेलाडी बलभद्र राई दोस्रो भए । उनले नगद ८८ हजार जितेका छन् । तेस्रो स्थानमा रहेका धराने खेलाडी निरज तामाङले पनि कुल नौ ओभर २१९ स्कोर खेले । उनले नगद ६५ हजार हात पारे । यसैगरी, कुल १० ओभर २२० स्कोरका साथ चौथो हुँदै सञ्जय लामाले ५३ हजार पाँच सय जिते ।

एमेच्योरतर्फ भने कुल चार ओभर २१४ स्कोरका साथ सुवास तामाङ विजेता भए । १३ ओभर २२३ स्कोरका साथ युवराज भुजेल दोस्रो भए । विजेता खेलाडीहरूलाई सूर्य नेपाल प्रालिका एसिस्टेन्ट ब्रान्ड मेनेजर नगेन सरोज, धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्रविक्रम लिम्बूलगायतले पुरस्कार प्रदान गरेका छन् ।