१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १३ मंगलबार
  • Wednesday, 26 June, 2024
२o७८ पौष १३ मंगलबार o६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

एलबी क्षेत्रीको एकल कविता वाचन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १३ मंगलबार o६:३o:oo

अग्रज साहित्यकार एलबी  क्षेत्रीले एकल कविता वाचनमार्फत पोखरेली श्रोतालाई मनोरञ्जन प्रदान गरेका छन् । ‘सम्बोधन’ नाम दिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले आयोजना गरेको एकल कविता वाचन कार्यक्रममा क्षेत्रीले नारीअस्तित्व, मानवतावाद, विद्रोह, प्रेमलगायत विषयवस्तु समेटिएका  कविता वाचन गरेका थिए ।

क्षेत्रीले दर्जनभन्दा बढी रोज्जा कविता वाचन गरिरहँदा उपस्थित दर्शक एवं श्रोताले ‘वान्समोर’ भन्दै क्षेत्रीलाई हौसला प्रदान गरेका थिए । कविडाँडा साहित्य समाजका अध्यक्षसमेत रहेका क्षेत्री प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील छन् । ०४४ देखि ०७० सम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथै क्याम्पस प्रमुख भएर शैक्षिक सेवामा समेत उनले योगदान पु¥याएका थिए ।

ad
ad
ad
ad