१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Thursday, 04 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष १२ सोमबार १२:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खोपसँगै सिरिन्ज नआउँदा किशोर–किशोरीले पाएनन् कोरोनाको खोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार १२:४४:oo

सिरिन्जको अभाव हुँदा किशोर–किशोरीलाई लगाइने फाइजर खोप कार्यक्रम रोकिएको छ। खोपसँगै आउनुपर्ने सिरिन्ज नआएपछि १२ देखि १८ वर्ष उमेर समूहकालाई लगाउने खोप कार्यक्रम रोकिएको हो। अमेरिकी सरकारले पुस ९ गते ६ लाख ६४ हजार पाँच सय ६० डोप खोप पठाएको थियो। तर, उक्त खोपसँगै सिरिन्ज नपठाएपछि खोप थन्किएर बसेको छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार फाइजर खोपसँगै सिरिन्ज नआएकाले खोप कार्यक्रम प्रभावित बनेको हो। उनले सिरिन्ज नआउँदै फाइजर खोप लगाउन नसकिने बताए। उनले भने, ‘खोप आउनुअघि हामीले खोप लगाउने तयारी गरेका थियौँ, तर खोपसँगै आउनुपर्ने सिरिन्ज आएन। फाइजरको सिरिन्ज अन्य खोपको भन्दा फरक हुने भएकाले पनि समस्या भएको हो।’

अमेरिकी सरकारले केही दिनमा सिरिन्ज उपलब्ध गराउने बताएको सहप्रवक्ता अधिकारीले जानकारी दिए। अमेरिकी सरकारले कोभिड– १९ खोप कोभ्याक्स सुविधाअन्तर्गत नेपाललाई उक्त खोप उपलब्ध गराएको थियो। सरकारले सिरिन्ज आइपुगेपछि एकैपटक ५७ जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उक्त खोप लगाउने तयारी गरेको छ।

पुरानो सिरिन्ज बाँकी रहेकाले उपत्यकाभित्रका केही स्थानमा भने फाइजर खोप लगाइएको सहप्रवक्ता अधिकारीले जानकारी दिए। उनका अनुसार झापा, मोरङ, सुनसरी,  धनुषा, सप्तरी, पर्सा, कास्की, बाग्लुङ‚ काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, रुपन्देही, दाङ, बाँके, कैलालीलगायत जिल्लामा सिरिन्ज आएपछि खोप कार्यक्रम सुरु हुनेछ। उपलब्ध खोप अधिकांश बालबालिकालाई पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

ad
ad
ad
ad