मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष १२ सोमबार
  • Thursday, 19 December, 2024
२o७८ पौष १२ सोमबार o८:५o:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आर्मीले एएफसी कप खेल्ने मौका गुमायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १२ सोमबार o८:५o:oo

 सहिद स्मारक ए डिभिजन लिगको साबिक उपविजेता त्रिभुवन आर्मी क्लबले एएफसी कपको छनोट खेल्ने सम्भावना गुमाएको छ । दशरथ रंगशालामा आइतबार आर्मीले थ्री स्टारसँग गोलरहित बराबरी खेल्दै एएफसी कपको छनोट खेल्ने मौका गुमाएको हो । अब छनोटको दौडमा साबिक विजेता मच्छिन्द्र र मनाङ मस्याङ्दी मात्रै रहेका छन् । एएफसी कपको छनोट खेल्ने सम्भावनालाई जीवित राख्न आर्मीले थ्री स्टारलाई हराउनुपर्ने थियो ।

अब लिगको साताैँ चरणमा मनाङले ब्रिगेड ब्वाइजविरुद्ध पोखरा रंगशालामा प्रतिस्पर्धा गर्नेछ । मच्छिन्द्रले पुलिसको सामना गर्नेछ । गत सिजनमा च्याम्पियन बने पनि मच्छिन्द्रसँग एएफसी क्लब लाइसेन्स नभएपछि उपविजेता आर्मीले एएफसी कप खेल्ने मौका पाएको थियो । लिगको छैटौँ चरणमा आर्मी र थ्री स्टारबीचको खेल रोमाञ्चक भए पनि कुनै गोल निस्किएन । यो बराबरीसँगै आर्मी ६ खेलबाट १० अंक जोडेर चौथो स्थानमा झरेको छ । 

चौथो बराबरी खेलेको थ्री स्टारको ६ खेलबाट सात अंक जोडेर सातौँ स्थानमा उक्लिएको छ । थ्री स्टारले एनआरटीलाई गोलअन्तरमा पछि पारेको हो । आइतबार संकटाले ब्रिगेडलाई ३–० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लन सफल भएको थियो । संकटाको जितमा उत्तम राईले दुई गोल गरेका थिए । संकटाले मध्यान्तरअघि नै तीन गोल गरेको थियो । खेलको १२औँ मिनेटमा उत्तमले संकटालाई १–० को अग्रता दिलाए । खेलको २८औँ मिनेटमा उत्तम राईले व्यक्तिगत दोस्रो गोल गर्दा संकटा २–० ले अघि बढ्यो । खेलको ३८औँ मिनेटमा लक्ष्मण रुचालले संकटालाई ३–० को बलियो स्थितिमा राखे । जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ ।