१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

बिपी प्रतिष्ठानका पदाधिकारीहरूलाई बर्खास्त गर्न डा. केसीको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:२८:oo

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका भ्रष्ट पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले आर्थिक अनियमिततामा मुछिएका पदाधिकारीलाई तत्काल बर्खास्त नगरे आफू कुनै पनि समयमा अनशन बस्ने चेतावनीसमेत दिएका छन् ।

विभिन्न समितिले छानबिन गरी प्रतिष्ठानमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदासमेत बर्खास्त नगरेको भन्दै केसीले आपत्ति जनाएका छन् । उनले बिपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाउन, अवैध रूपमा अतिरिक्त असुली गर्ने मेडिकल कलेजहरूको सम्बन्धन खारेजी गर्न, सार्वजनिक संस्थाहरूमा पदाधिकारी नियुक्तिका लागि मापदण्ड कार्यान्वयन गराउन, निर्मला कुर्मीको घटनामा सत्यतथ्य छानबिन गर्न माग अघि सारेका छन् । 

लामो समयदेखि मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गर्दै आएको बताउँदै केसीले पछिल्लोपल्ट प्रधानमन्त्री शेरबहादुर देउवासँग भएका प्रतिबद्धता पनि हालसम्म पूरा नभएको उल्लेख गरेका छन् । 

ad
ad