१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष ११ आइतबार o७:२८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

बौद्ध महांकालका खत्री एक सातादेखि बेपत्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार o७:२८:oo

बौद्ध महांकाल बस्दै आएका ओखलढुंगा चम्पादेवी पेदुघाटका ५५ वर्षीय होमबहादुर खत्रीको अवस्था एक सातादेखि अज्ञात छ । छोरा विनोद खत्रीका अनुसार होमबहादुर ३ पुसमा एकाएक डेराबाट बेपत्ता भएका थिए । २४ घन्टा बित्दा पनि डेरा नफर्केपछि परिवारका सदस्यले महानगरीय प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । 

प्रहरी वृत्त बौद्धका प्रमुख डिएसपी डुण्डिराज न्यौपानेले खत्रीको खोजीकार्य जारी रहेको बताए । ‘बेपत्ता भएको भन्दै होमबहादुरका परिवारले प्रहरीमा जाहेरी दिएको छ । उनको खोजीकार्य जारी छ,’ उनले भने । परिवारका अनुसार होमबहादुर ३ पुसको बिहानसम्म डेरामै थिए । खाना खाइसकेपछि उनी डेराबाट निस्केका थिए । त्यही दिनबाट उनी बेपत्ता भएको छोरा विनोदले बताए । ‘बुबा बिहानसम्म कोठामै हुनुहुन्थ्यो । खाना खाएर निस्किनुभयो । त्यही दिनबाट बेपत्ता हुनुहुन्छ । प्रहरीमा जाहेरी दिएका छौँ । सबै ठाउँमा खोजतलास गरेका छौँ, तर अहिलेसम्म केही पत्तो पाउन सकिएन ।’