१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ८ बिहीबार १४:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस महाधिवेशन : खस–आर्य र आदिवासी–जनजातितर्फको मतगणना जारी, दलिततर्फको सकियाे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ८ बिहीबार १४:०३:००

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको केन्द्रीय कार्यसमितिको मतगणना जारी छ । पार्टी कार्यालय बिपी स्मृति भवन सानेपामा अहिले आदिवासी–जनजाति र खस–आर्यतर्फको मतगणना जारी छ ।  

आदिवासी जनजातितर्फको १५, खस–आर्यतर्फको १३ र दलिततर्फको नाै गरी जम्मा ३७ केन्द्रीय सदस्यको मतपरिणाम आउन बाँकी छ । 

केन्द्रीय निर्वाचन समिति सचिव जगन्नाथ खतिवडाका अनुसार  दलित खुलातर्फको पाँच र दलित महिलातर्फको चार गरी नौ पदको मतगणना सकिए पनि घोषणा हुन भने बाँकी  छ ।