मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २९ बुधबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर २९ बुधबार १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको छ : मीनेन्द्र रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर २९ बुधबार १६:o२:oo

नेपाली कांग्रेसका नेता तथा पार्टीको महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा मीनेन्द्र रिजालले १४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको बताएका छन्। सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै रिजालले यस्तो बताएका हुन्। 

कार्यक्रममा बोल्दै उनले भने, ‘यो महाधिवेशनमा नेता छान्ने क्रममा एउटा चिजचाहिँ पक्कै भएको छ । अंग्रेजीमा एउटा भनाइ छ– अप्ठेरोमा, कठिनाइमा, दुःखमा चरित्र पहिचान हुन्छ भनेर। तातोमा सुन र पित्तल छुट्टिन्छ भनेर । सु्न र पित्तल छुट्टिएको छ।’ 

निर्वाचनको जित र हार महत्वपूर्ण नहुने तर कांग्रेसको अनुहार कस्तो देखिन्छ भन्ने महत्वपूर्ण हुने उनको भनाइ थियो।