१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर २९ बुधबार ०८:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सभापति देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता छ : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर २९ बुधबार ०८:५५:००

गृहमन्त्री बालकृष्ण खाँणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजाने विश्वास व्यक्त गरेका छन् । बिहान सभापतिको मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री खाणले देउवामा सबैलाई मिलाएर लैजाने विशेष क्षमता रहेकाले पार्टी आगामी दिनमा सहज र सुदृढ ढंगले  अघि बढ्ने विश्वास व्यक्त गरे ।

सभापति देउवाले कांग्रेसलाई अझै सुदृढ, क्रियाशील, गतिशील र संगठित  बनाएर लैजाने उनले बताए ।  ‘उहाँ (सभापति देउवा)को कार्यकालमा लोकतन्त्र पनि बलियो हुनेछ । राजनीतिक सहमति र सहकार्यका आधारमा मुलुकलाई अघि बढाउनुका साथै आगामी स्थानीय निकायको निर्वाचन र आमनिर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भूमिका खेल्नुहुनेछ’ उनले भने । 

कांग्रेस सभापतिमा पुनः दोस्रो कार्यकालका लागि सभापति बनेका सभापति देउवाले महाधिवेशनअन्तर्गत निर्वाचनको प्रतिस्पर्धामा रहेका सबैलाई पार्टीमा समेट्ने, पार्टीको अभियानमा सक्रिय बनाउने तथा पार्टी सभापतिमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेतालाई केन्द्रीय समितिमा समेटेर लैजाने धारणा राखे । 

निर्वाचन व्यवस्थापनमा केही त्रुटि भएको र मतदाताले पनि गुनासो गरेकाले त्यसलाई आगामी दिनमा सच्याएर लैजाने प्रतिबद्धता जनाए।  प्राविधिक समस्याका कारण मतदाता लामो समयसम्म लाइन बसेर कष्टका साथ मतदान गर्नुपर्ने अवस्था आएको भन्दै उनले  आगामी महाधिवेशनमा अहिलेको व्यवस्थापकीय पाटोलाई मध्यनजर गरी सरलीकृत गरिने विश्वास व्यक्त गरे ।