१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १५:११:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संसद् घेराउ गर्न पुगेका ६ दलीय संगठनका ६० कार्यकर्ता पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:११:oo

एमसिसीको विरोध गर्दै बानेश्वरस्थित संसद् भवन घेराउ गरेपछि प्रहरीले ६० जनालाई नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएकाहरूमध्ये विप्लव समूह र ६ दलीय गठबन्धनका नेता कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत बानेश्वरमा राखिएको छ। संसद् बैठक सुरु भएलगत्तै संगठनका कार्यकर्ताहरूले चर्को स्वरमा नारा लगाउँदै संसद् भवन घेराउ गरेका थिए। निषेधित क्षेत्र तोड्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको बानेश्वर वृत्तले जनाएको छ।
 
प्रदर्शनकारीले तडकभडक गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। प्रदर्शनकै क्रममा केहीले प्रहरीमाथि ढुंगा तथा इँटा प्रहार गरेका थिए। प्रहरीसँग झडप भएपछि विप्लव समूहका तीन कार्यकर्ता घाइते भएका प्रहरीले जनाएको छ।
  
संसद् बैठक बोलाइएकै समय पारेर उनीहरू संसद भवन घेराउ गर्न पुगेका थिए। यीनै संगठनले मंसिर २७ गते नेपालस्थित एमसिएको कार्यालय पुगेर नारा–जुलसका साथै कार्यालय घेराउ गरेका थिए। त्यस्तै, माइतीघर, नयाँ बानेश्वर, बालुवाटारलगायत ठाउँमा पनि प्रदर्शन गर्दैै आइरहेका थिए। नियन्त्रणमा लिएकाहरूलाई आवश्यक कारबाहीपछि मात्रै छाडिने प्रहरीले जनाएको छ।

तस्बिरहरू : अमुल थापा/नयाँ पत्रिका

ad
ad