१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवा समाजसेवी रिमाललाई अम्बेडकर अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर २७ सोमबार १७:५७:००

युवा समाजसेवी सौरभ रिमाल डा. भीमराव अम्बेडकर सेवाश्री अवार्ड २०२१ बाट सम्मानित भएका छन्। भारतका संविधान निर्माता डा. अम्बेडकरको नामबाट स्थापित सेवाश्री अवार्डबाट रिमाल सम्मानित भएका हुन्।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबीच रिमाललाई गरिब तथा विपन्न समुदायलाई सहयोग गर्दै आएकोले ३७औँ सेवाश्री अवार्डबाट सम्मानित गरिएको हो। कोरोना कहरमा उनले सडकका पशुपक्षीलाई खाना खुवाउने काम गरेका थिए। रिमालले सिन्धुपाल्चोकको मेलम्चीका बाढीपीडितका लागि खाद्यसामग्री उपलब्ध गराउनुका साथै स्वास्थ्य शिविरसमेत सञ्चालन गरेका थिए।

'के फाउन्डेसन' नामक संस्थाका अध्यक्षसमेत रहेका रिमालले दुर्गम क्षेत्रका विपन्न तथा दलित समुदायका विद्यार्थीलाई पाठ्यसामग्री उपलब्ध गराउँदै आएका छन्। साथै, विद्यालयमा पुस्ताकलयसमेत स्थापना पनि गरिसकेका छन्। पछिल्लो समय रिमालले दुर्गम क्षेत्रका बालबालिका अध्ययन गर्ने विद्यालयमा पाठ्यसामग्री उपलब्ध गराउने रिमालले अभियानसमेत चलाइहेका छन्।