मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर २७ सोमबार
  • Sunday, 13 July, 2025
नेत्र पन्थी काठमाडौं
२o७८ मङ्सिर २७ सोमबार १५:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेमा ओलीको नेतृत्वमा गुटबन्दीले छलाङ मार्‍यो : भीम रावल

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २७ सोमबार १५:४१:oo

नेकपा एमालेका नेता भीम रावलले पार्टीमा अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीले छलाङ मारेको आरोप लगाएका छन्। पार्टीको केन्द्रीय सदस्य, पोलिटब्युरो र स्थायी कमिटीमा मनोनयन र नेताहरूको कार्यविभाजनको विषयमा असन्तुष्टि व्यक्त गर्दै रावलले यस्तो टिप्पणी गरेका हुन्। सोमबार एमाले बैठकले केन्द्रीय सदस्य, पाेलिटब्युरो र स्थायी कमिटीमा मनोनयन गरेको थियो।

रावलले ट्विट गर्दै भनेका छन्, ‘एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।’

एमालेमा भर्खरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाइमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो। यो देश र जनताप्रति प्रतिबद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टिको नमुना हो। यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।

— Dr. Bhim Rawal (@BhimRawal179) December 12, 2021