१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २५ शनिबार
  • Saturday, 21 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ मङ्सिर २५ शनिबार १७:३७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सल्लाहकार परिषद्को अध्यक्षमा बोहोरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २५ शनिबार १७:३७:oo

एमाले केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्षमा अमृतकुमार बोहोरा चयन भएका छन् । शनिबार भक्तपुरको गठ्ठाघरमा सुरु भएको केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष केपी ओलीको प्रस्तावमा बोहोरा परिषद्को अध्यक्ष बनेका हुन् । 

अध्यक्षमा चयन भएलगत्तै उनले पद तथा गोपनीयताको शपथ लिएका छन् । पूर्वमन्त्रीसमेत रहेका बोहोरा ७० वर्षे उमेर हदका कारण पार्टीको केन्द्रीय कमिटीमा दाबी गर्न पाएका थिएनन् । नवौँ महाधिवेशनमा उनी पार्टीको केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा निर्वाचित भएका थिए ।