१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २४ शुक्रबार
  • Friday, 05 July, 2024
नेत्र पन्थी काठमाडौं
२o७८ मङ्सिर २४ शुक्रबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

युवाहरू अगाडि बढ्नुस् साथ छ : कृष्ण सिटौला

Read Time : < 1 मिनेट
नेत्र पन्थी, काठमाडौं
नयाँ पत्रिका
२o७८ मङ्सिर २४ शुक्रबार १७:४१:oo

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्ण सिटौलाले आफू युवाको साथमा रहेको बताएका छन्। १४औँ महाधिवेशन उद्‍घाटन समारोहमा बोल्दै उनले पछिल्लोपटक आफ्नो ध्यान युवाहरूमा केन्द्रित गरेको बताए। उनले भाइबहिनी पुस्ता होइन कांग्रेसमा छोराछोरी पुस्ता आउनु सुखद् भएको बताए। 

‘हामी माथि उमेर पुगेका नेताहरूले अनुभव दिन सक्छौँ। हामीबाट सिक्नुस् तपाईंहरू अगाडि बढ्नुहोस्,’ उनले भने, ‘धेरै युवा नयाँ अनुहारहरू आउनुभएको छ। यो अत्यन्त खुसीको कुरा हो। तपाईंहरू युवा अगाडि बढ्नुस् हाम्रो साथ छ।‘ उनले आफ्नो साथमा प्रदीप पौडेल भेटेको भन्दै अगाडि बढ्न साथ दिएको बताए।
पुरानो पुस्ताको त्याग र अनुभवबाट सिक्न र पदको लिप्सामा नभुल्न उनले युवाहरूलाई आग्रह गरे। ‘नेताहरूले के गर्दै छन् भनेर तपाईंहरू हेर्दै हुनुहुन्छ। तपाईं केका लागि पार्टीको नेतृत्व गर्न चाहनुहुन्छ? लक्ष्य र व्यवहार प्रस्ट पनि होस्। मात्र पद लिनका लागि नहोस्। कम्तीमा युवाले युवाको जस्तो उत्साह गरेर देखाउनुस्, म तपाईंहरूको साथमा रहनेछु,’ सिटौलाले भने। आफ्नो थप कुरा भोलि राख्ने उनले बताए। 
 

ad
ad
ad
ad