एकिकृत समाजवादी पार्टी अध्यक्ष माधव नेपालले आगामी निर्वाचनसम्म पाँचदलको गठबन्धन कायमै रहने बताएका छन । सुनसरीको इटहरीमा आज बिहान पार्टीको प्रदेश १ स्तरीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै आगामी निर्वाचनसम्म कांग्रेस, माओवादी, एकिकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुको गठबन्धन कायमै रहने बताएका हुन ।
अध्यक्ष नेपालले मुलकलाई निरकुंशतावादी चरित्र र दक्षिणपन्थी भासबाट उकास्नको लागि पाँच दलीय गठबन्धन आउँदो निर्वाचनसम्म कायमै रहन अति आवश्यक भएको बताए । उनले वर्तमान नेपालको राजनीतिमा नेकपा (एकीकृत समाजवादी)ले समाजवादको लक्ष्य तय गर्दै मुलुकलाई सम्वृद्धितर्फ डोर्याउने दाबी गरे ।