गोर्खा बु्रअरीले नेपालको पहिलो विन्टर वार्मर बियर ‘फायर मुन’ बजारमा ल्याएको छ । फायर मुन एउटा विन्टर वार्मर क्राफ्ट बियर हो ।जसमा उत्कृष्ट बास्ना, मसला र स्वाद रहेको कम्पनीको दाबी छ । हप्स, माल्ट र यिस्टबाहेक यस बियरमा ल्वाङ, सुकमेल, दालचिनी र अदुवाजस्ता शरीरलाई तातो बनाउने मसला रहेको कम्पनीको भनाइ छ ।
अन्य बियरभन्दा यो बियर चिसो मौसममा पनि सहजै प्रयोग गर्न सकिन्छ । यसलाई कोठाको सामान्य तापक्रममा राखेर पनि प्रयोग गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘यसको रंग उत्कृष्ट छ र यो सुगन्धित मसलाले भरिपूर्ण छ र यसले जाडो मौसममा न्यानो दिने काम गर्छ ।’