१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ मङ्सिर १७ शुक्रबार १५:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिडियामा दिएका अन्तर्वार्तालगायतका कारण महाभियोगका लागि काफी छन् : सांसद बिडारी 

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १७ शुक्रबार १५:१८:००

राष्ट्रिय सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न सञ्चारमाध्यममा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि पर्याप्त भएको बताएका छन् । सर्वोच्च बार एसाेसियसनको प्रांगणमा आयोजित  ‘न्यायापालिकाको सुधार : सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा बोल्दै बिडारीले यस्तो बताएका हुन्।

कार्यक्रममा बोल्दै उनले भने, ‘हस्पिटल कान्ड र बिरामी कान्ड नै पर्याप्त छ। नियुक्ति भएदेखि नै विवाद नै विवाद । मिडियामा दिएका अन्तर्वार्ता नै महाभियोगका लागि काफी छन्। बिदा पनि नलिने नक्कली बिरामी हुने नैतिक हराम प्रधानन्यायाधीशलाई कसरी कारबाही गर्ने ?' महाभियोगका लागि सांसदहरूलाई पार्टीको ह्विप नलाग्ने उनको भनाइ थियो ।