मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १३:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्वोच्चमा ताेकियाे १२ इजलास र १३८ मुद्दाको पेसी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर १७ शुक्रबार १३:०१:००

सर्वोच्च अदादतमा आजका लागि १२ इजलासमा १३८ मुद्दाको पेसी तोकिएको छ। सर्वोच्चमा आजका लागि २ एकल र १० संयुक्त इजलासमा सबैखाले मुद्दाको पेसी तोकिएको सर्वोच्चले जनाएको छ। 

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएका थिए। जबराले अदालतमा उपस्थित हुन असमर्थ रहेको समयमा पनि नसकेर कायममुकायम (कामु) प्रधानन्यायाधीशको जिम्मेवारी नतोकपछि पेसी तोक्नेबारे विवाद देखिएको थियो। 

जबरा आज सशस्त्र प्रहरी अस्पतालबाट डिस्चार्ज भएका छन्। मंसिर १५ बाट सर्वोच्चमा गोलाप्रणालीमार्फत पेसी  तोक्ने गरिएको छ।