१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सोनी राई सोलुखुम्बु
२०७८ मङ्सिर १६ बिहीबार ०७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सोलुखुम्बु कांग्रेस सभापतिमा नाम्गेल शेर्पा विजयी

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ मङ्सिर १६ बिहीबार ०७:३६:००

कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङबु शेर्पा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा सभापतिका निकटतम प्रतिस्पर्धी विनोद बस्नेतलाई फराकिलो मतान्तरले हराउँदै शेर्पा कांग्रेसको जिल्ला सभापतिमा विजयी भएका हुन् ।

सोलुदुधकुण्ड नगरपालिकाका मेयर समेत रहेका शेर्पाले ५१३ मत ल्याउँदा बस्नेतले ३७१ मत ल्याएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा ८९७ मत खसेको थियो । ९२३ क्षेत्रिय प्रतिनिधि रहेको सोलुखुम्बुमा पहिलो चरणको निर्वाचनमा ८८३ मत खसेको थियो । सभापति मात्र चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढि खसेको छ । पहिलो चरणमा बस्नेतले ४२८ मत ल्याउदा शेर्पाको पक्षमा सदर मत ४१८ रहेको थियो ।

बाँकी मत बदर भएको थियो । दुई वा त्यो भन्दा बढि उम्मेदवार भएको निर्वाचनमा खसेको मतको ५० प्रतिशत मत कसैको नआए पुनः निर्वाचन गर्नुपर्ने कांग्रेसको विधान अनुसार मंगलबार पुनःनिर्वाचन भएको हो । 

पहिलो चरणको निर्वाचनमा उम्मेदवार बनेका कांग्रेस नेता राम बहादुर बस्नेतले यो निर्वाचनमा उम्मेदवार शेर्पालाई समर्थन गरेका थिए । जिल्ला कार्यसमितिका अन्य पदाधिकारी र सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् ।