१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार २१:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमालेले निर्वाचनसम्बन्धी प्रक्रिया आइतबार बिहान सुरु गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार २१:३४:oo

एमालेको १०औँ महाधिवेशनअन्तर्गत निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया आइतबार बिहान सुरु हुने भएको छ। आइतबार बिहान ८ बजेबाट निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुने निर्वाचन आयोग अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए। एमालेको महाधिवेशन चितवनमा जारी छ। 

एमालेले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गरी विधान संशोधन गरिसकेकाे छ । संशोधित विधानअनुसार प्रक्रिया थाल्ने सुब्बाले बताए। बन्दसत्रले सहमतिमा पदाधिकारी र सदस्य छान्ने जिम्मा अध्यक्षमण्डलका अध्यक्ष केपी ओलीलाई दिएको छ । तर, अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलले त्यसमा आपत्ति जनाएका छन्। 

रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको र सोहीअनुसार उम्मेदवारी दिने बताएका छन्। 
 

ad
ad