मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ मङ्सिर ११ शनिबार
  • Sunday, 13 July, 2025
२o७८ मङ्सिर ११ शनिबार १३:२२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वरिष्ठ उपाध्यक्षमा नै मनोनयन दिने नेम्वाङको अडान, अध्यक्षमै उम्मेदवारी दिने रावलको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ११ शनिबार १३:२२:oo

नेकपा एमाले अध्यक्ष केपी ओलीले सहमति जुटाउन गरेको प्रारम्भिक प्रयास असफल भएको छ। ओलीले वरिष्ठ उपाध्यक्षका दाबेदार सुवास नेम्वाङलाई निर्वाचनपछि राष्ट्रपति र अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको प्रस्ताव गरेकोमा नेम्वाङले अस्वीकार गरेका छन्। स्रोतका अनुसार उनले वरिष्ठ उपाध्यक्षमा नै मनोनयनको अडान राखेका छन् भने शाक्यले अध्यक्ष ओलीको प्रस्तावमा मौन स्वीकृत जनाएकी छिन्।

नेम्वाङको अस्वीकारसँगै रावलले ओलीसमक्ष आफूजति मत आए पनि अध्यक्षमा नै उम्मेदवारी दिने पक्षमा रहेको जवाफ दिएका छन्। यससँगै सहमतिको प्रारम्भिक प्रयास असफल भएको छ भने सौराहामा ८ बजे सुरु हुने भनिएको बन्द सत्र सुरु गर्ने तयारी पनि लम्बिएको छ ।