मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार ०८:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बारको आन्दोलन एक महिना पूरा : संघर्षका थप कार्यक्रम सोमबार घोषणा गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ मङ्सिर ११ शनिबार ०८:११:००

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरेको एक महिना पूरा भएको छ । ९ कात्तिकमा विज्ञप्ति निकालेर जबराको राजीनामा मागेको बारले १२ कात्तिकदेखि कालोपट्टी बाँधेर धर्ना दिनेलगायत कार्यक्रम गर्दै आएको छ । सुरुमा सर्वोच्च केन्द्रित कार्यक्रमलाई जिल्लादेखि उच्च अदालतसम्म विस्तार गरेको बारले बिहीबार अन्य पेसागत संगठन तथा नागरिक समाजलाई समेत गोलबद्ध पारेर सर्वोच्चदेखि बालुवाटारसम्म ‘न्याय–मार्च’ गर्‍यो । 

अब सोमबार बैठक बसेर आन्दोलनका थप कार्यक्रम तय गर्ने उपाध्यक्ष रक्षा बस्यालले बताइन् । उनका अनुसार हाल एमाले र कांग्रेसको महाधिवेशनमा धेरै कानुन व्यवसायी मतदान अधिकृतका रूपमा खटिएकाले तत्काल बैठक बोलाउन सम्भव नभएको हो । 

‘केही साथी उपत्यकाबाहिर हुनुहुन्छ । त्यसैले शुक्रबार बसेनौँ । उच्च अदालतमा विरोध कार्यक्रम गरेर आउनुभएका केन्द्रीय प्रतिनिधिसँग छलफल र कार्यक्रमको समीक्षा पनि गर्न सकिएको छैन । यो विषय र आगामी आन्दोलनका कार्यक्रम तय गर्न सोमबार बैठक बस्दै छौँ,’ उनले भनिन् ।