मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०९:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

व्यवसायीले तिरेको करबाट पर्यटन कोष सञ्चालन गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ मङ्सिर ९ बिहीबार ०९:४३:००

काठमाडौं महानगरपालिकाले व्यवसायीले तिरेको करबाट पर्यटन प्रवर्द्धन कोष सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले ‘पर्यटन प्रवर्द्धन कोष सञ्चालन कार्यविधि २०७८’ स्वीकृत गरेसँगै यो सम्भव भएको हो । 

मंगलबार राष्ट्रिय सभागृहमा महानगर प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७१औँ कार्यपालिका बैठकले कार्यविधि स्वीकृत गरेको हो । आर्थिक वर्ष ०७५/७६ मा होटेल व्यवसायीहरूले तिरेको करको ६५ प्रतिशत रकमबाट कोष सञ्चालन गर्न लागिएको हो । त्यो वर्ष कोभिडका कारण होटेल व्यवसाय समस्यामा थियो । यसकारण महानगरले आर्थिक ऐनमार्फत उनीहरूलाई ६५ प्रतिशत कर छुट दिएको थियो । बाँकी ३५ प्रतिशत दाखिला भएको करको ६५ प्रतिशत रकम कोषमा जम्मा हुनेछ । 

कोष सञ्चालनका लागि काठमाडौं महानगरका प्रमुखको अध्यक्षतामा महानगरकातर्फबाट पाँच र होटेल संघ नेपालका चार गरी नौजनाको निर्देशक समिति हुनेछ । वार्षिक बजेट, नीति तथा कार्यक्रम तर्जुमा गर्नु र नीतिगत प्रबन्ध गर्नु समितिको मुख्य काम हुनेछ । त्यस्तै, राजस्व विभागका प्रमुखको संयोजकत्वमा संघको प्रतिनिधि भएको कार्यान्वयन समिति गठन गरिनेछ ।