१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ मङ्सिर ६ सोमबार १४:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

१८ वर्षमाथिका सबैलाई चैत मसान्तभित्र कोरोनाविरुद्धको खोप लगाइने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार १४:५४:oo

सरकारले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई छिट्टै खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकको पालिका कार्यालयबाट खोप लगाउन सकिने व्यवस्था गर्न लागेको हो। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले यसअघि खोप लगाउन छुटेका सबै नागरिकलाई लक्षित गर्दै भेरोसेल खोप लगाउने तयारी गरिएको जानकारी दिए। उनका अनुसार यसअघि लक्षित वर्गलाई विभिन्न चरणमा खोप कार्यक्रम सञ्चालन गरिएको थियो। अब भने १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणले खोप लगाउन पाउनेछन्। विगतमा खोप लगाउन छुटेकाहरूले नजिकको स्थानीय तहमा पुगेर खोप लगाउन सक्नेछन्। पुस मसान्तभित्र नै अधिकांशलाई खोप लगाइनेछ। चैत मसान्तसम्म देशभर खोप लगाएर सकिने लक्ष्य स्वास्थ्य मन्त्रालयले राखेको छ। 

मन्त्रालयका अनुसार अझै दुई करोड १७ लाखभन्दा बढी व्यक्तिले खोप लगाउन पाएका छैनन्। उनीहरूलाई लक्षित गरी खोप कार्यक्रम सञ्चालन गर्न लागिएको हो। मन्त्रालयको तथ्यांकअनुसार ३० प्रतिशत जनंख्यालाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोजको खोप प्रदान गरिसकिएको छ। 

उपत्यकाभित्र कहाँ–कहाँबाट लगाउन सकिन्छ खोप ? 

काठमाडौंका पाँच खोप केन्द्रबाट नियमित खोप प्रदान गरिने बताइएको छ। स्वास्थ्य मन्त्रालयले भेरोसेल र एस्ट्राजेनिका खोप विभिन्न स्वास्थ्य कार्यालय र स्थानीय तहलाई दिइसकेको छ। उपत्यकाभित्र नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, कलंकीको सहिद मेमोरियल अस्पताल,  गोंगबुस्थित नयाँ बसपार्कको लोत्से भवन, बल्खुमा बयोधा अस्पताल र जडीबुटीस्थित जडीबुटी प्रशोधन केन्द्रबाट नियमित खोप प्रदान गरिनेछ।