१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ६ सोमबार
  • Tuesday, 18 June, 2024
२o७८ मङ्सिर ६ सोमबार ११:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कांग्रेस प्रदेश सभा अधिवेशन : बाँकेमा संस्थापन पक्ष चार र इतर पक्ष दुई क्षेत्रमा विजयी

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ६ सोमबार ११:१३:oo

बाँकेमा नेपाली कांग्रेसको संस्थापन पक्ष बलियो देखिएको छ। कुल ६ वटा प्रदेश सभा क्षेत्र भएको बाँकेमा चारवटा प्रदेश सभा निर्वाचन क्षेत्रको सभापतिसहित पदाधिकारीमा पार्टी सभापति शेरबहादुर देउवा र दुईवटामा संस्थापनइतर पक्षले जितेका छन्। 

संस्थापन पक्षले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क), प्रदेश सभा निर्वाचन क्षेत्र नं. २ (ख), प्रदेश सभा निर्वाचन क्षेत्र नं. ३ (क) र (ख) को सभापतिसहित पदाधिकारी जितेका छन् भने संस्थापनइतर (पौडेल–कोइराला) पक्षले प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (ख) र २ (क) को सभापतिसहित प्यानल जितेको छ।

कुन प्रदेश सभा निर्वाचन क्षेत्रमा कसले जित्यो ? 

बाँके प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ (क) को सभापतिमा लक्ष्मण थारू निर्वाचित भएका छन्। उनी संस्थापन पक्षका हुन्। निर्वाचित भएका लक्ष्मणले एक सय २५ मत पाउँदा उनका निकटमत प्रतिद्वन्द्वी पौडल–कोइराला पक्षका जुगलाल थारूले एक सय १४ मत पाए। पदाधिकारी सबैमा लक्ष्मणकै प्यानल निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। दुई सय ५० मतदाता रहेको प्रदेश सभा क्षेत्र नं. १ (क) मा दुई सय ४४ मत खसेको थियो ।  

त्यसैगरी, प्रदेश सभा क्षेत्र नं. २ (ख) को सभापतिमा संस्थापन पक्षका जितेन्द्रबहादुर हमाल निर्वाचित भएका छन्। निर्वाचनमा उनले प्रतिस्पर्धी अकबर अली दर्जीलाई पराजित गरेका हुन्। हमालले एक सय ५२ मत पाउँदा दर्जीले ६४ मत पाए । 

पदाधिकारी सबैमा हमालकै प्यानल निर्वाचित भएका छन्। उपसभापतिमा अभिषेककुमार श्रेष्ठ र सुभाषचन्द्र गुप्ता, सचिवमा गोकर्णबहादुर शाही र फैयाज हुसैन हल्वाई निर्वाचित भएको मतदान अधिकृतले जनाएका छन्। सहसचिवमा पनि संस्थापन पक्षका राजकुमार वाल्मीकि र विजयविक्रम शाह निर्विरोध निर्वाचित भएका  थिए। कुल दुई सय ३० मतदाता रहेको प्रदेश सभा क्षेत्र नं. २ (ख) मा दुई सय २३ मत खसेको उनले बताए।
यसैगरी, एउटा पदमा एकजनाको मात्र उम्मेदवारी परेपछि प्रदेश सभा क्षेत्र नं. ३ (क) को सभापतिमा संस्थापन पक्षका केशवकुमार शाह निर्विरोध निर्वाचित भएका छन्। उपसभापतिमा संस्थापन पक्षका कन्हैलाल थारू र फरिरुद्दिन हल्वाई, सचिवमा धीरेन्द्रसिंह ठकुरी र निखिल बैगार तथा सहसचिवमा नवराज रावल र तियाराम धोबी निर्विरोध निर्वाचित भएका छन्। प्रदेश प्रतिनिधितर्फ खुला र समावेशी कोटामा पनि सबै निर्विरोध निर्वाचित भएको तिवारीले जानकारी दिए। यी पनि संस्थापन पक्षका भएको दाबी गरिएको छ। 

प्रदेश सभा क्षेत्र नं. ३ (ख) को सभापतिमा निर्विरोध निर्वाचित भएका राजेन्द्रकुमार आचार्य पनि संस्थापन पक्षका हुन्। उपसभापतिमा संस्थापन पक्षका राजकिशोर महतरा (क्षेत्री) र राममनोरथ अहिर, सचिवमा खेमराज बर्मा र कृष्णबहादुर गौतम तथा सहसचिवमा विवेक मल्ल र नुरुल अलि इद्रिसी निर्वाचित भएको मतदान अधिकृत विक्रम भण्डारीले जानकारी दिए। 

क्षेत्र नंं. १ (ख) र २ (क) मा संस्थापनइतर विजयी

तर, प्रदेश सभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा संस्थापनइतर समूहका बलराम शर्मा निर्वाचित भएका छन्। संस्थापन समूहका महावीर वलीलाई हराउँदै शर्मा सभापतिमा निर्वाचित भएका हुन्। शर्माले एक सय ८९ मत ल्याए। उनका प्रतिद्वन्द्वी वलीले १४६ मत पाए। पदाधिकारी सबैमा शर्मा नेतृत्वको प्यानल निर्वाचित भएको छ। उपसभापतिमा डा. राजकुमार सुवेदी र भाइराम वली, सचिव भीमप्रसाद पौडेल र लीलबहादुर राना तथा सहसचिवमा यज्ञराज सापकोटा र रूपलाल बुढाथोकी निर्वाचित भएका छन्।

यसैगरी, नेपाली कांग्रेस बाँके प्रदेश सभा क्षेत्र नम्बर २ (क) को सभापतिमा संस्थापनइतर पक्षका ज्ञानेन्द्रकुमार चौधरी निर्वाचित भएका छन् । आइतबार राति सम्पन्न मतगणनाअनुसार संस्थापनइतर पक्षका चौधरीले एक सय ३० मत पाएर निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शिवकुमार बर्माले ८६ मत पाए। पदाधिकारी सबैमा चौधरी नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ। 

उपसभापतिमा मनोजकुमार चौधरी र नरबहादुर बोहरा, सचिवमा लक्ष्मण सिंह र बेलबहादुर बोहरा तथा सहसचिवमा जयप्रकाश खटिक र समसुद्दिन खाँ निर्वाचित भएका छन्।

ad
ad
ad
ad