मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ५ आइतबार
  • Thursday, 19 December, 2024
२o७८ मङ्सिर ५ आइतबार २१:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राष्ट्रपति मटिहानी आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ५ आइतबार २१:२९:oo

महोत्तरीको मटिहानीमा सोमबार राष्ट्रपति विद्या भण्डारी आउँदै छिन् । उनको स्वागतको तयारी पूरा भएको छ । मटिहानीका सडकहरू मर्मत र सरफाइ गरिएको छ । झिलिमिली बत्ती बालिएको छ । स्वागतमा विभिन्न प्रवेशद्वार निर्माण गरिएका छन् । 

राष्ट्रपतिको स्वागतमा कुनै कसर बाँकी नराख्ने स्थानीय र जनप्रतिनिधिले जनाएका छन् । मटिहानीस्थित सीमासँगै जोडिएको मटिहानी रंगशालाको उद्घाटन, वि.सं. १७७५ मा स्थापना भएको नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन, पाँच सय पचास वर्षभन्दा बढीको इतिहास बोकेको मटिहानीस्थित लक्ष्मी नारायण मठ र राजा जनकको राजधानी जनकपुरको चारकुनामा स्थापित चार महादेवमध्येको एक जलेश्वरस्थित जलेश्वरनाथ महादेवको दर्शनलगायतका कार्यक्रमको सबै तयारी पूरा भएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए । 
राष्ट्रपति आउने भएपछि सुरक्षा व्यवस्था मिलाएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । उनले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका आवश्यकताअनुसारको सुरक्षाकर्मीहरू मटिहानी, जलेश्वर र राष्ट्रपतिको आगमन हुने मार्गमा परिचालित हुने उनले बताए ।