मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर ३ शुक्रबार
  • Sunday, 05 January, 2025
२o७८ मङ्सिर ३ शुक्रबार o९:o७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कांग्रेस धनगढीमा देउवा पक्षधरबीच नै प्रतिस्पर्धा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर ३ शुक्रबार o९:o७:oo

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि क्षेत्र, जिल्ला र प्रदेशको अधिवेशन नजिकिँदै गर्दा कैलालीमा कांग्रेसमा चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरूका आकांक्षीहरूले दौडधुप तीव्र पारेका छन् । कैलाली कांग्रेसले बिहीबार पालिका अधिवेशन सम्पन्न गरेको छ ।

निर्वाचन भएका स्थानीय तह र वडामध्ये अधिकांशमा पार्टी सभापति शेरबहादुर देउवानिकट नेता, कार्यकर्ताबीच नै प्रतिस्पर्धा भएको छ । देउवानिकटहरू छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा उत्रिएका हुन् । नौवटा पालिकामा देउवानिकट उम्मेदवार विजयी भएका नेताहरूले बताएका छन् । देउवा समूहकै असन्तुष्ट पक्षसँग मिलेर इतर समूह निर्वाचित भएका हुन् । आन्तरिक विवादको फाइदा इतर समूहलाई भएको देउवानिकट एक नेताले बताए । 

प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा यज्ञराज उपाध्याय सभापतिमा निर्विरोध चयन भएका छन् । जोशीपुर गाउँपालिमा वंशीराम चौधरी, जानकी गाउँपालिकामा गणेश रेग्मी र कैलारीमा कृष्ण चौधरी सभापतिमा निर्विरोध चयन भएका छन् । गोदावरी नगरसभापतिमा वीरबहादुर चोखाल निर्वाचित भएका छन् ।

गौरीगंगा नगरपालिकाको सभापतिमा पहलविक्रम चन्द, घोडाघोडी नगरपालिकामा बमबहादुर सिंह, लम्की–चुहा नगरपालिकामा इन्द्रबहादुर सिंह, टीकापुर नगरपालिकामा नरेश खत्री र भजनी नगरपालिकामा नवराज मिश्र सभापतिमा निर्वाचित भएका छन् । यस्तै, बर्दगोरिया गाउँपालिका सभापतिमा कृष्ण विष्ट, मोहन्याल गाउँपालिकामा कमलबहादुर साउद र चुरे गाउँपालिकामा हेम शाह सभापतिमा निर्वाचित भएका प्रचार–प्रसार समितिका संयोजक सुनारले जानकारी दिए ।

बाँकेका पाँच पालिकामा सभापति सर्वसम्मत 
बाँके कांग्रेसले चारवटा गाउँपालिकामा सर्वसम्मत पदाधिकारी चयन गरेको छ । डुडुवा गाउँपालिका, नरैनापुर, जानकी र खजुरा गाउँपालिकामा कार्यसमिति सर्वसम्मत चयन भएका हुन् । 

डुडुवा गाउँपालिका सभापतिमा विजयकुमार यादव निर्विरोध चयन भएका छन् । नरैनापुर गाउँपालिकामा मेराज अहमद खाँ, खजुरा गाउँपालिकामा रमेश सिजाली, जानकी गाउँपालिकामा दयाराम यादव अहिर र वैजनाथ गाउँपालिका सभापतिमा देवबहादुर खत्री निर्वाचित भएका छन् ।