१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ मङ्सिर २ बिहीबार ०८:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक मर्मत गर्ने क्रममा जेसिबी दुर्घटना हुँदा अपरेटरको मृत्यु

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर २ बिहीबार ०८:४४:००

दाङमा सडक मर्मत गर्ने क्रममा जेसिबी पल्टिँदा अपरेटरको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिका– ५ मा सडक मर्मतको क्रममा बिहीबार बिहान साढे ४ बजेतिर पल्टिँदा अपरेटर घोराही– १० नारायणपुरनिवासी २२ वर्षीय सुनील विकको घटनास्थलमै मृत्यु भएको हो ।

पर्यटकीयस्थल बंगलाचुली टावर जाने सडक मर्मतको क्रममा रा.१क ९१४ नम्बरको जेसिबी दुर्घटनामा परेको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए । घुम्तीमा सडक मर्मतको क्रममा माटोमा भासिएर जेसिबी दुर्घटनामा परेको हुन सक्ने उनले बताए । दुर्घटनामा सहचालक बर्दियाको गुलरिया नगरपालिकाका २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएका छन् ।