१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ मङ्सिर २ बिहीबार
  • Wednesday, 26 June, 2024
दोस्रो नेपाली भू–उपग्रह निर्माणका लागि विद्यार्थीहरू तालिम लिँदै । इन्द्रबहादुर थापा/नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार o७:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह काभ्रेमा बन्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ मङ्सिर २ बिहीबार o७:३२:oo

नेपालमा दोस्रो नेपाली अन्तरिक्ष भू–उपग्रह ‘नेपाली स्याट– २ विद्यालय’ बन्ने भएको छ । उक्त उपग्रह कक्षा ११ का निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीहरूले निर्माण गर्न लागेका हुन् । पहिलो नेपाली भू–उपग्रहको सफलतापछि दोस्रो भू–उपग्रह निर्माण हुने भएको छ । नेपाल सरकार, विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, अन्तरिक्ष प्रतिष्ठान र काठमाडौं विश्वविद्यालय हाइस्कुलको संयुक्त साझेदारीमा विद्यालयका विद्यार्थीहरूबाट दोस्रो भू–उपग्रह परियोजना काभ्रेमा सुरु भएको छ । उक्त अन्तरिक्ष भू–उपग्रह निर्माणका लागि प्रयोगशाला काभ्रेको काठमाडौ विश्वविद्यालय हाइस्कुल चौकोटमा रहेको छ ।

दोस्रो भू–उपग्रह निर्माण परियोजनाका प्रमुख वैज्ञानिक डा. आभाष मास्केका अनुसार दुई वर्षभित्रमा दोस्रो भू–उपग्रह बन्नेछ । यो परियोजना थाइल्यान्ड आर्थिक विकासका लागि आन्तरिक प्राविधिक संस्था मिनी बर्डको एउटा भाग भएको डा. मास्केले जानकारी दिए । जसमा थाइल्यान्डले चारवटा भू–उपग्रह बनाउनेछन् भने नेपालले एउटा बनाउने उनको भनाइ छ । त्यसका लागि काठमाडाैं विश्वविद्यालय हाइस्कुलमा सुरु भएको छ ।

पहिलो नेपाली भू–उपग्रह सन् २०१९ मा निर्माण भएको थियो भने दोस्रो भू–उपग्रह २०२३ मा निर्माण भइसक्ने डा. मास्केको भनाइ छ । यस परियोजनाको मुख्य उद्देश्य नेपालका सरकारी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले पनि भू–उपग्रह निर्माण गर्न सक्छन् भनेर देखाउने रहेको मास्केको भनाइ छ । उक्त परियोजना सञ्चालनका लागि डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र नाटकम र युनेस्कोको पनि सहयोग रहेको डा. मास्केले जानकारी दिए ।
 

ad
ad
ad
ad