मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ मङ्सिर १ बुधबार १६:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौर कारागारमा कैदीले गरे आत्महत्या

Read Time : < 1 मिनेट
२०७८ मङ्सिर १ बुधबार १६:३२:००

गौर कारागारमा कैदी जीवन बिताइरहेका एकजन कैदीले आत्महत्या गरेका छन्। शरीर बन्धक तथा अपहरण मुद्दामा गौर कारागारमा रहेका २४ वर्षका लडाइँ साहले आत्महत्या गरेका हुन्। कारागारको शैचालयमा उनले डोरीको पासो लगाएर दिउँसो पौने २ बजेको समयमा आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनाेद घिमिरेले जानकारी दिए। डोरीको पासो लगाएर आत्महत्या गरेका साहलाई गौर अस्पतालले मृत घोषणा गरेको हो। 

उनले किन आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। २१ वर्ष कैद फैसला भएर गौर कारागारमा रहेका साह रौतहटको देवाही गोनाही नगरपालिका– ५ का स्थानीय हुन्।