१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७८ मङ्सिर १ बुधबार ०६:३१:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

महामारीले अमेरिकाका डेढ लाख बच्चा अभिभावकविहीन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७८ मङ्सिर १ बुधबार ०६:३१:००

कोरोना भाइरस महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावकविहीन भएका छन् । ‘बिजनेस इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिकाको जीवनमा दीर्घकालीन असर परेको उल्लेख छ । 

प्रतिवेदनअनुसार देशका हरेक पाँच सयमध्ये एकजना अभिभावकविहीन हुनुपरेको छ । अभिभावकविहीन भएपछि बालबालिकाले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नुपरेको अधिकारीहरूले जनाएका छन् ।

अभिभावक गुमाएका बालबालिकाहरूमध्ये धेरै बालबालिका अल्पसंख्यक तथा सानो समुदायका छन् । महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका नै छ । कोरोनाका कारण मृत्यु भएका, संक्रमित भएका र अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या अमेरिकामै सबैभन्दा धेरै रहेको छ । कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।