१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १४:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार छ : मन्त्री भुसाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:१o:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मागबमोजिम निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमति दिन सरकार तयार रहेको बताएकी छिन्। यसका लागि उनले निजी क्षेत्रलाई विद्युत् व्यापार गर्न सक्ने विश्वासिलो आधारसहित आउन आग्रह गरिन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को साधारणसभामा मन्त्री भुसालले यस्तो बताएकी हुन्।

उनले भनिन्, ‘अहिले नेपाल विद्युत् प्राधिकरणले मात्र गरिरहेको विद्युत् व्यापार निजी क्षेत्रले पनि गर्न पाउनुपर्ने कुराहरू उठिरहेको छ। यस सम्बन्धमा मैले अस्ति मात्र इपानका प्रतिनिधिहरूसँगको भेटमा भनेकी थिएँ, विद्यमान ऐन, कानुनमा यस सम्बन्धमा केही प्रावधानहरू नभएको भए पनि यदि निजी क्षेत्रले हामी यो परिमाणको विद्युत् यसरी बिक्री गर्न सक्छौँ भन्ने आधारसहित आएमा संस्थागत आउनुस् अथवा व्यक्तिगत आउनुहुन्छ भने पनि हामी अनुमति दिन तयार छौँ।’

मन्त्री भुसालले नेपालमा विद्युत् उत्पादनको तुलनामा विद्युतको माग र खपत बढ्न नसकेको कारणले उत्पादित विद्युत् खेर गइरहेको बताइन्। विद्युत् खेर जाँदा निजी क्षेत्र, लगानी गर्ने बैंक र राज्यले नै क्षति व्यहोर्नुपरेको उनले उल्लेख गरिन्।

ad
ad