१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३० मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ३० मंगलबार १३:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री देउवा भन्छन्– विद्युतीय बस र चुलाे प्रयोगका लागि सरकारले प्रोत्साहन गर्छ (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ३० मंगलबार १३:३९:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युतीय चुलाे र विद्युतीय बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताएका छन्। मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को १९ र २०औँ साधारणसभामा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

प्रधानमन्त्री देउवाले देशभर विद्युतीय सामग्रीहरूको प्रयोग गरी देशलाई नमुना बनाउनुपर्नेमा जोड दिँदै विद्युतीय चुलाे र बस सञ्चालनका लागि सरकारले प्रोत्साहन गर्ने बताए । ऊर्जा उत्पादकहरूले खल्तीमा लाइसेन्स लिएर काम नगर्ने गरेको भन्दै उनले काम गर्न पनि आग्रह गरे।

‘हामीले किन यो ग्यासको चुलाे बाल्ने ? हामीसँग यति विद्युत् छ कि हामी ब्याट्रीबाट गाडी चलाउन सक्छौँ। बस चलाउन सक्दछौँ। हाम्रो चुलाे पनि इलेक्ट्रिक चुलाे हुन सक्दछ। हामी नेपालभरि नै बिस्तार–बिस्तार यता जानुपर्छ जस्तो लाग्छ मलाई। त्यस्ता जो उद्यमी हुनुहुन्छ, व्यापारी हुनुहुन्छ त्यस्तालाई इन्सेन्टिभ दिन तयार छौँ । काठमाडौंमा कमसेकम ब्याट्रीबाट गाडीहरू सञ्चालन गरौँ । घरमा खाना पकाउने इलेक्ट्रिक चुलाे बनाऔँ,’ प्रधानमन्त्री देउवाले भने।