सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर र जबराको राजीनामा माग गर्दै धर्ना दिइरहँदा अदालत परिसरबाहिर मोटरसाइकल र्याली निकालिएको छ। सर्वोच्चका न्यायाधीशहरूले इजलास बहिष्कार गरेको विरोधमा केही युवाहरूले मोटरसाइकल र्याली निकालेका हुन्।
यसअघि आजै इजलास बहिष्कारको विरोधमा उत्रेका केही व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको थियो। आज सर्वोच्च परिसरमा दंगा प्रहरी भने खटाइएको छैन। बारले व्यापक प्रहरी परिचालन गरी बल प्रयोग भएकोमा विज्ञप्ति निकालेर चेतावनी दिएपछि आज सशस्त्र प्रहरी परिचालन नभएको हो।
तस्बिरहरु :दीपेन्द्र ढुंगाना